कप्तानको रुपमा अब टीममा फर्किन्न : पारस खड्का

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 19 October 2019 | 02 Kartik 2076

नेपाली क्रिकेट टीमको कप्तानबाट हालैमात्र राजीनामा दिएका पारस खड्काले अब सोही जिम्मेवारीमा नफर्किने स्पष्ट पार्नु भएको छ । निकै सोचविचार गरेर राजीनामा दिएको भन्दै खड्काले त्यसमा पुनर्विचारको कुनै सम्भावना नरहेको बताउनुभयो ।

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्स्मा कुरा गर्दै खड्काले क्यानको निलम्बन फुकुवाको समय कुरेर बसेको र त्यस लगत्तै राजीनामा दिएको स्पष्ट पार्नुभयो । क्यानमा नयाँ नेतृत्व समेत आइसकेको अवस्थामा नयाँ टीमलाई नयाँ ढंग र सोचबाट काम गर्न पनि आफ्नो राजीनामाले सघाउने खड्काको भनाइ थियो । 

नेपाली क्रिकेटमा कुनै न कुनै रुपमा आफू सधैं रहिरहने भन्दै उहाँले अब व्यवस्थापकीय भूमिका लागि प्रयास गर्ने उल्लेख गर्नुभयो । क्रिकेटबाट कहिल्यै पनि अलग हुन नसक्ने भएकाले यसैमा जीवन समपर्ण गर्ने उहाँको भनाइ थियो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 

 


प्रतिक्रिया