लामो हवाई उडानको सफल परीक्षण

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६

- अष्ट्रेलियाको क्वान्टाज एयरलाइन्सले हालसम्मै लामो दूरीको व्यवसायी हवाई उडानको सफल परीक्षण गरेको छ । ४९ जना यात्रु सवार बोइङ जहाजले अमेरिकाको न्यूयोर्कदेखि अष्ट्रेलियाको सिड्नीसम्मको १६ हजार २ सय किलोमिटर दूरी १९ घण्टा १६ मिनेटमा पार गरेको हो ।

लामो दूरीको यात्राका क्रममा पाइलट, चालक दलका सदस्य र यात्रुमा पर्नसक्ने असर लगायतबारेको अनुसन्धानकै अंशको रुपमा लामो दूरीको हवाई उडान परीक्षण गरिएको एयरलाईन्सले जनाएको छ । सो एयरलाईन्सले आगामी महिना लण्डनबाट सिड्नसम्मको उडान गर्ने तयारी गरेको छ । यही बर्षको अन्त्यसम्ममा दुवै स्थानमा व्यवसायी उडान शुरु गर्ने क्वान्टाजले जनाएको छ । 

 


प्रतिक्रिया