सांसद आलमलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

कार्तिक ३, २०७६ | काठमाडौं

- बम विस्फोटका घाइतेलाई ईट्टा भट्टामा जलाएको अभियोगमा पक्राउ परेका सांसद आफताब आलमलाई पुन: ५ दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई अदालतले अनुमति दिएको छ ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुर फरदहवामा बम विस्फोट भएको थियो । १२ वर्ष पुरानो सो घटनामा सर्वोच्च अदालतको तारन्तारको ताकेता पछि मात्रै प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।

यसअघि जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै गरेको निर्णयलाई महान्यायधिवक्ताको कार्यालयले सदर गरेपछि मुद्दाको फाइल बन्द भएको थियो । तर महान्ययधिवक्ता कार्यालयको निर्णयलाई सर्वोच्चले बदर गरेको सात वर्षपछि प्रहरीले आलमलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको हो ।

गत २५ गते राजपुर छिर्ने शेख ईद्रिस गेटबाट पक्राउ परेका आलम माथी कर्तव्य ज्यान मुद्दामा प्रहरीले अनुसन्धान जारी राखेको छ ।   


प्रतिक्रिया