सांसद गुरुङ साधारण तारेखमा रिहा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- ज्यान मार्ने उद्योगमा संलग्न रहेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् । थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गरेको हो ।

दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्द काठमाडौ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । गत असोज ८ गते गुरुङविरुद्ध म्याद तामेल भएपछि आज उनी आफै अदालतमा हाजिर भएका थिए ।

काठमाडौंको गौशालामा आफूमाथि सांघातिक आक्रमण भएको भन्दै दोलखाका वीरध्वज खड्काले सांसद गुरुङसहित ७ जनाविरुद्द काठमाडौं प्रहरीमा ज्यान मार्ने उद्योग मुद्दामा किटानी जाहेरी दिएका थिए ।   

 


प्रतिक्रिया