चिलीमा  ५ जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

- सार्वजनिक यातायातको भाडादर वृद्धि भएको भन्दै चिलीमा सुरु भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । गत शुक्रबारदेखि जारी विरोध प्रदर्शनका क्रममा ८ जनाले ज्यान गुमाइसकेका छन् । लुटेराहरूले राजधानी स्यान्टिएगो नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा  ५ जनाको मृत्यु भएको हो ।

गत शनिवार दुईवटा सुपरमार्केटमा भएका आक्रमणमा तीनजनाको ज्यान गएको थियो । अवस्था बिग्रँदै गएपछि बढाइएको भाडादर स्थगित गरिएपनि हिंसा साम्य भएको छैन । प्रदर्शनले हिंसात्मक रुप लिएपछि मुख्य सहरहरूमा रात्रिकालीन कर्फ्यू लगाइएको छ ।

राजधानी स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात ठप्प छन् । अन्तर्रा्ष्टि्रय विमानस्थलबाहेकका उडानहरू रद्द भएका छन् भने बजार पसलहरू बन्द रहेको बीबीसीले जनाएको छ । 

 


प्रतिक्रिया