वुमन्स च्याम्पियन्स लिग क्रिकेटमा आज पोखरा र ललितपुर भिड्दै 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

- राजधानीमा जारी वुमन्स च्याम्पियन्स लिग क्रिकेट डब्लुसीएल अन्तर्गत समुहचरणको अन्तिम खेलमा पोखरा पल्टन र ललितपुर फाल्कोन्सबीच प्रतिस्पर्धा हुँदैछ । जारी प्रतियोगितामा कुनै जित हात पार्न नसकेका दुबै टोली पहिलो जितसँगै प्रतियोगिताको सुखद अन्त्यको योजनामा रहेका छन् ।

किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा बिहान साढे ११ बजे यी २ टोली प्रतिस्पर्धा गर्नेछन् । चितवन राईनोज, क्याट क्विन्स काठमाण्डौ र विराटनगर टाईटन्ससंग हार भोगेका दुबै टोली यसअघि नै बाहिरिसकेका छन् । नेरी थापा कप्तानीको ललितपुर र सिता राना मगर कमानीको पोखरामा अनुभवी खेलाडीको बाहुल्यता रहेपनि आशातित प्रर्दशन भने गर्न सकेका छैनन् । 

प्रतियोगिताको ईलिमिनेटर खेलमा भोली काठमाण्डौ र विराटनगर भिड्नेछन् । विजेताले चितवन राईनोजसँग प्रतिस्पर्धा गर्नेछ । 

 


प्रतिक्रिया