राज्य जिम्मेवार नभएसम्म महिला अधिकार स्थापित हुँदैन : चाँदनी जोशी, महिला अधिकारकर्मी

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 21 October 2019 | 04 Kartik 2076

राज्य जिम्मेवार नभए र सत्तामा रहेकाहरु जवाफदेही नभएसम्म महिला अधिकार स्थापित नहुने महिला अधिकारकर्मी एवं बेइजिङ समीक्षाका लागि राष्ट्रिय सञ्जाल नेपालकी संयोजक समितिका सल्लाहकार चाँदनी जोशीले बताउनु भएको छ । जवाफदेहीताले कर्तव्य सम्झाउने र त्यसपछि मात्रै अधिकार स्थापित हुने उहाँको भनाइ थियो । 

रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले सञ्जालले आगामी नोभेम्बरमा थाइल्याण्ड र आगामी वर्ष संयुक्त राष्ट्रसंघको सी.एस.डब्ल्युमा प्रस्तुत गर्ने प्रतिवेलदन तयार गर्न यसपटक प्रादेशिक तहमा समेत छलफल चलाएको बताउनुभयो ।

बेइजिङ प्लाटफर्म फर एक्सनका १२ महत्वपूर्ण चासोका विषयमा भएका मुख्य उपलब्धिहरु, विद्यमान चुनौती र नागरिक स्तरबाट दिइने सुझावका बारेमा गहन छलफल गरिएको उहाँले उल्लेख गर्नुभयो । नागरिक स्तरबाट  जति छलफल चलाइए पनि महिलाको अधिकार भनेको पुरुषको अधिकार कटौती हैन भन्ने बुझाउन नसकेसम्म स्थितिमा कुनै फेरबदल नआउने जोशीले बताउनुभयो ।


प्रतिक्रिया