रुपन्देहीबाट १० लाख यूरोसहित ५ जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

रुपन्देहीबाट १० लाखको यूरो नोटसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार पक्राउ परेका उनीहरुलाई प्रहरीले औपचारिक रुपमा सार्वजनिक भने गरेको छैन् ।

प्रदेश ५ प्रहरी कार्याालयको टोलीले सैनामैना नगरपालिका–२ बाट स्थानीय मिना सुनार र रमेश सुनार, गुल्मीका राजु सुनार, नवलपरासीका कमल सुनार तथा स्याङजाका गणेश सुनारलाई पक्राउ गरेको हो । 

प्रदेश ५ प्रहरीले उनीहरुलाई बरामद विदेशी मुद्रासहित काठमाडौ पठाएको छ । उनीहरुविरुद्द काठमाडौं प्रहरीले थप अनुसन्धान गर्नेछ । 

यद्यपि, यूरोपेली यूनियनले चलनचल्तीका लागि १० लाखको नोट भने जारी गर्दैन् । विशेष परिस्थितमा मात्र इयूले सो नोट सार्वजनिक गर्छ । रुपन्देहीबाट बरामद १० लाखको नोट सक्कली वा नक्कली के हो भनेर राष्ट्र बैंकले थप अनुसन्धान गरिरहेको छ ।  


प्रतिक्रिया