पोखरा प्रिमियर लिग क्रिकेटको मिति सर्‍यो

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलको मिति सरेको छ । प्रतियोगिता आयोजक क्वीन्स ईभेन्ट म्यानेजमेन्ट प्रा.लिले आज विज्ञप्ती जारी गर्दै प्रतियोगिता मंसिर २८ देखि हुने गरी नयाँ मिति सार्वजनिक गरेको हो ।

१३ औँ दक्षिण एशियाली खेलकुदका लागि महिला क्रिकेटको तयारी, इङल्याण्डको मेरीलिवोन क्रिकेट क्लवले पोखरा र काठमाडौमा मैत्रीपुर्ण खेल खेल्ने र नेपाली अन्डर १९ टोली पनि भारत भ्रमणमा रहने कारण देखाउदै प्रतियोगिता एक महिनापछि सारेको हो ।

यसअघि प्रतियोगिता कार्तिक २६ गते देखि हुने भनिएको थियो । 


प्रतिक्रिया