चन्द्रागिरी गोल्डकप कात्तिक अन्तिम साता

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ५, २०७६ | काठमाडौं

चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण कात्तिक अन्तिम साताबाट हुने भएको छ । आयोजक दीपशिखा युवा समूहले आज पत्रकार सम्मेलन गरी प्रतियोगिता कात्तिक ३० देखि मंसिर ७ गतेसम्म गर्ने जनाएको हो ।

काडमाडौंको नैकापस्थित खेल मैदानमा हुने प्रतियोगितामा आयोजकको दुई टिम सहित र ’ए’ डिभिजनका क्लब गरी बढीमा १० टिमको सहभागिता रहने छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेर नकआउटका आधारमा खेलाईने प्रतियोगिता संयोजक रमेश बुढाथोकीले जनाए । 

यो संस्करणमा विजेताले पाउने पुरस्कार रकममा ५० हजारले वृद्धि गरेर ६ लाख ५० हजार पुर्‍याइएको छ । उपविजेताले ३ लाख ५० हजार पाउने छन् । भ्याली च्यासल युथ क्लब प्रतियोगिताको डिफेण्डिङ च्याम्पियन हो । पहिलो संस्करणको उपाधि हिमालयन शेर्पा क्लबले जितेको थियो । 


प्रतिक्रिया