खोरमा चितुवा पर्‍यो

कार्तिक ११, २०७६ | दमौली 

तनहुँको भानुमा मानव निर्मित काठको खोरमा चितुवा परेको छ । भानु ३ देउराली सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि बनाइएको खोरमा आइतबार साँझ चितुवा परेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले बताउनुभयो ।

चितुवालाई वन कार्यालयको प्राविधिकहरुले फलामको खोरमा स्थान्तरण गरेका छन् । उक्त चितुवालाई चितवन राष्ट्रिय निकुञ्जमा पठाउने तयारी गरेको छ । भाले चितुवा तौल ८० केजी र उमेर १३ वर्षको भएको अनुमान छ । गत असोज १३ गते एउटा चितुवा काठको खोरमा परेको थियो । 

डेढ वर्षको अवधिमा भानुमा चितुवाको आक्रमणबाट ५ जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । बालबालिकाबाट चितुवाको आक्रमण नरोकेपछि नियन्त्रण गर्न डिभिजन वन कार्यालयले विभिन्न उपायहरु अपनाउदै आएको छ । पछिल्लो समयमा चितुवा नियन्त्रणका गर्नका लागि भानुका सामुदायिक वनमा चार वटा काठका खोर बनाएको छ । भने पाँच वटा काठको खोर बनाउन तयारी थालेको छ । 

त्यस्तै जंगलमा चितुवाका लागि आहाराको व्यवस्थापनमा लाग्ने उहाँले बताउनुभयो । ‘जंगलमा आहार र बाँसस्थान व्यवस्था गर्ने हो,’ उहाँले भन्नुभयो, ‘व्यवस्थापन भयो भने चितुवा जंगलमा नै भुल्छ ।’ चितुवा मानव बस्तीमा आउन सक्दैन ।’ त्यसका लागि जंगलमा घाँसको व्यवस्था गरी मृग, हरिण, खरायो जस्ता जीवजन्तुको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो । 


प्रतिक्रिया