भारतको नयाँ नक्सा 

कार्तिक १८, २०७६

- भारतले सरकारले मुलुकको नयाँ नक्सा जारी गरेको छ ।  जम्मू–कश्मीर र लद्दाख केन्द्र शासित प्रदेश बनेपछि पहिलोपटक नयाँ नक्सा जारी गरेको हो । गृह मन्त्रालयद्वारा जारी प्रतिवेदनमा भनिएको छ,  केन्द्र शासित प्रदेश लद्दाखमा दुई जिल्ला हुनेछन्, करगिल र लेह ।  बाँकी २६ जिल्ला जम्मू–कश्मीरमा रहनेछन् ।

नयाँ नक्शा बमोजिम अब भारतमा २८ राज्य र नौवटा केन्द्र शासित प्रदेश भएका छन् । भारत सरकारको प्रतिवेदनमा प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहको सुपरिवेक्षणमा जम्मू–कश्मीर र लद्दाखको सीमा निर्धारण गरिएको बताइएको छ । गत ५ अगष्ट २०१९ मा भारतीय संसद्मा संविधानको धारा ३७० र ३५ ’ए’ लाई निष्प्रभावी बनाउने निर्णय बहुमतबाट गरिएको थियो । 

 


प्रतिक्रिया