सरकारी स्वामित्वको अर्माकोद्वारा सर्वसाधारणका लागि आईपीओ जारी

कार्तिक १८, २०७६

- साउदी अरबमा सरकारी स्वामित्वको तेल उत्पादन कम्पनी अर्माकोले सर्वसाधारणका लागि प्राथमिक सेयर आईपीओ जारी गरेको छ । तेल उत्पादनबाहेक अन्य क्षेत्रमा समेत लगानी सम्भावनाको खोजी गरिरहेको साउदी अरबले अर्माकोको सेयर जारी गरेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

विश्वकै ठुलो मध्येको एक व्यापारीक संस्थाले सर्वसाधरणका लागि प्राथमिक सेयर खोलेको हो । विश्वकै सबैभन्दा बढी नाफामा समेत रहेको अर्माकोको प्राथमिक शेयर खुलाउने बारे साउदी अरब सरकारले ४ वर्ष अघि नै घोषणा गरेको थियो ।

सो कम्पनीको पूँजी १ दशमलभ ५ खर्ब डलर छ । गत सेप्टेम्बरमा हुथी विद्रोहीले अर्माको कम्पनीकै तेल उत्पादन केन्द्र आक्रमण गर्दा विश्वको ईन्धन बजार प्रभावित भएको थियो । कम्पनीले १ देखि २ प्रतिशत सम्म शेयर वितरण गर्ने योजना बनाएको छ । जसबाट २० देखी ४० अर्ब डलर पूँजी संकलन हुनेछ । 

 


प्रतिक्रिया