प्रदेश ५ को सुरक्षा गोष्ठी रुपन्देहीमा सुरु

कार्तिक १८, २०७६ | बुटवल

प्रदेश ५ को प्रदेशस्तरीय सुरक्षा गोष्ठी रुपन्देहीको बुटवलमा सुरु भएको छ । प्रदेशको आन्तरिक सुरक्षा अवस्था बुझ्न र थप सुरक्षा रणनीति बनाउन २ दिने गोष्ठी आयोजना भएको हो । प्रदेशको छुट्टै सुरक्षा संयन्त्र कसरी बनाउने र कसरी चुस्त पार्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ ।

प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर प्रसाद खरेलले वर्तमान सुरक्षा अवस्था बुझ्दै भावी रणनीति बनाउन गोष्ठी आयोजना गरेको बताउनुभयो । 

गोष्ठीमा प्रदेश ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जनपथ तथा शसस्त्र प्रहरी प्रमुखको सहभागीता छ । आजको गोष्ठीमा प्रदेश मन्त्री कुलप्रसाद केसी सहितको टोलीले प्रदेशको आन्तरिक र बाह्य सुरक्षा अवस्था विश्लेषण गर्नेछ ।

गोष्ठीको निर्देशनका लागि भोलि संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, शसस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल लगायत सहभागी छन् । गोष्ठीले प्रदेश ५ को सुरक्षा रणनीति समेत तयार गर्नेछ ।   


प्रतिक्रिया