विश्वका ११ हजार वैज्ञानिकको एउटै आवाज, 'जलवाय परिवर्तनप्रति गम्भीर बनौँ' 

कार्तिक २०, २०७६

- विश्वका ११ हजार वैज्ञानिकहरुले समर्थन जनाएको जलवायू सम्बन्धि एक अनुसन्धानले गहन र दीर्घकालिन परिवर्तन नअपनाए गम्भीर मानवीय  संकट उत्पन्न हुने चेतावनी दिएको छ । अमेरिका अष्ट्रेलिया र दक्षिण अफ्रिकाका अनुसन्धानकर्ताले गरेको अध्ययन प्रतिवेदनले पछिल्लो ४० वर्षको अवस्था विश्लेषण गरेको छ ।

अनुसन्धानमा जनसंख्या वृद्धिदर, मासु र इन्धन  खपतको कटौती गर्ने नीतिको समर्थन गर्न पनि सुझाएका छन् । वायु र सौर्य उर्जाको प्रयोगमा ३ सय ७३ प्रतिशतले वृद्धि भएपनि खनिज उर्जाको प्रयोग भन्दा २८ प्रतिशतले नविकरणीय उर्जाको प्रयोग भैरहेको छ । तत्काल जलवायु परिवर्तन रोक्न ठोस कदम चाल्न नसके वातावरणीय आपतकाल टार्न नसकिने प्रतिवेदनमा जनाईएको बीबीसीले उल्लेख गरेको छ ।

 


प्रतिक्रिया