नेप्सेमा दुई दिन लगातार गिरावट

कार्तिक २०, २०७६ | काठमाडौं

धितोपत्र बजारमा दुई दिन लगातार गिरावट आएको छ । बजार परिसूचक नेप्से आज १ दशमलव ४४ अंकले घटेर १ हजार १ सय ३८ दशमलव २ बिन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकममा पनि हिजोको तुलानमा ८ करोड रुपैयाँले गिरावट आएको छ ।

शुन्य दशमलव ८१ अंकले घटेको नेप्सेमा हिजो २८ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका व्यापार, लघुवित्त, जीवन बीमा र म्यूचलफण्ड बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक ओरालो लागेको छ ।

नेप्सेमा आज कुल १ सय ६० कम्पनीका ३ हजार ९ सय ८६ कारोबारबाट ७ लाख ५० हजार ३३ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २० करोड ६२ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
 


प्रतिक्रिया