खाद्यान्न आयात घट्यो

कार्तिक २१, २०७६ | काठमाडौं

चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा खाद्यान्नको आयात घटेको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्म ९ अर्ब २४ करोड ८२ लाख ५९ हजार रुपैयाँ बराबरको चामल, मकै, गहुँ लगायतका खाद्यान्न आयात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ७६ करोड १० लाख ५७ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्ष २०७५/७६ मा १२ अर्ब ९३ लाख १६ हजार बराबरको खाद्यान्न आयात भएको थियो ।

सरकारले मुलुकभित्रै उत्पादन हुने बस्तुको आयातमा भन्सार दर बढाएपछि खाद्यन्नको आयात पनि घटेको भन्सार विभागले जनाएको छ । मुलुकमा भारतसहित चीन, थाइल्यान्ड, बंगलादेशबाट खाद्यान्न आयात हुने गरेको छ । पहिलो त्रैमासिकमा समग्र निर्यातमा साढे १४ प्रतिशतले वृद्धि हुँदा व्यापार घाटामा पनि केही कमी आएको छ ।


प्रतिक्रिया