चिया र कफीको निर्यात बढ्यो 

कार्तिक २२, २०७६ | काठमाडौं

चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा निर्यात जन्य वस्तुहरुको प्रमुख सूचीमा रहेको चिया र कफीको निर्यातमा वृद्धि भएको छ । भन्सार विभागका अनुसार साउन, भदौ र असोजसम्म २ अर्ब ३२ करोड १० लाख ४१ हजार रुपैयाँ बराबरको चिया र कफीको निर्यात भएको छ ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड ४ लाख १३ हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा २ अर्ब २४ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको निर्यात भएको थियो । नेपालमा उत्पादित चिया र कफी जर्मनी , जापान, फ्रान्स, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा निर्यात हुँदै आएको छ ।
 


प्रतिक्रिया