बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेटमा इण्डिया विजयी 

कार्तिक २२, २०७६

- बंगलादेशविरुद्धको दोस्रो टी–२० क्रिकेटमा घरेलु टोली इण्डिया विजयी भएको छ । राजकोटमा गएराती भएको खेलमा भ्रमणकारी टोलीलाई ८ विकेटले हराउँदै ईण्डियाले ३ म्याचको सिरिज एक–एकको बराबरीमा ल्याएको हो । 

बंगलादेशले दिएको १ सय ५४ रनको चुनौती ईण्डियाले २६ बल अगावै २ विकेट गुमाएर भेट्टायो । कप्तान रोहित शर्माले ८५ र शिखर धवनले ३१ रन बनाएपछि इण्डियाले सहज रुपमा लक्ष्य भेटेको थियो । पहिलो विकेटका रुपमा शर्मा र धवनले १ सय १८ रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाएका थिए । श्रेयस ऐर २४ र लोकेश राहुल ८ रनमा नटआउट रहँदै टोलीको जित निश्चित पारे । अमिनुल इस्लामले इण्डियाको २ विकेट लिए ।

 यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले ६ विकेट गुमाउँदै १ सय ५३ रनको मध्यम योगफल तयार पारेको थियो । उसको इनिङस्मा महम्मद नाईमले ३६, सौम्य सरकार र मामुदुल्लाहले समान ३० तथा लिटोन दासले २९ रन बनाए ।

 

इण्डियाका युजबेन्द्र चाहालले २ तथा वासिन्टन सुन्दर, खलिल अहमद र दिपक चहारले समान एक विकेट लिए । दुई राष्ट्रबीचको तेस्रो तथा निर्णायक टि–२० क्रिकेट आइतबार नागपुरमा हुनेछ ।  

 


प्रतिक्रिया