सिमा अतिक्रमणका बिषयमा सरकारले उचित समाधान खोज्छ : सञ्चारमन्त्री बास्कोटा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २२, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 08 November 2019 | 22 Kartik 2076

सरकारले भारतसँगको सीमा विवादको घटनामा भारतीय पक्षसँग गम्भीरताका साथ कूटनीतिक छलफल गर्ने भएको छ । हालै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि सतहमा आएको नेपाल र भारतबीचको सीमा विवादलाई कूटनीतिक र राजनीतिक रुपमै हल गर्ने दिशामा सरकारले पहल थालेको हो । नेपाल सरकारका प्रवक्ता एवम सूचना तथा संञ्चारमन्त्री गोकुल बास्कोटाले त्यसका लागि सरकारले तत्काल पहल थाल्ने जानकारी दिनुभयो । रेडियो कान्तिपुरसँग आज बिहान कुराकानी गर्दै मन्त्री बास्कोटाले ९८ प्रतिशत स्थानका विवाद समाधानको चरणमा रहेको र विवादित स्थानका सन्दर्भमा पनि उच्चस्तरमा छलफल गरी उचित समाधानको दिशामा सरकार अघि बढ्ने दाबी गर्नुभयो । 

दुई देशीय सम्बन्धको असर कुनैपनि मुलुकको सीमा अतिक्रमणमा पर्नु नहुने तर्फ सरकार गम्भीर रहेको सुनाउँदै मन्त्री बास्कोटाले नेपाली भूूमि कुनै पनि हालतमा मिच्न नदिने उल्लेख गर्नुभयो । उहाँले कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको क्षेत्र नेपालको भएको प्रमाण लामो समयअघिदेखीनै रहेकाले तत्काल बिचलित हुन आवश्यक नरहेको जिकिर गर्नुभयो । हरेक विवाद समाधानको आफ्ना विधी र प्रक्रिया रहेको बताउँदै मन्त्री बास्कोटाले पछिल्लो विवाद समाधान गर्न सरकारले कूटनीतिक तवरले संवाद गर्ने उल्लेख गर्नुभयो । दुबै मुलुकका सरकारले यो विषयमा औपचारिक धारणा सार्वजनिक गरिसकेको भन्दै उहाँले यसमा उत्तेजित भईहाल्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभयो । मन्त्री बास्कोटाले भन्नुभयो–सरकार पनि मुलुकको भूमि मिचिएको हेर्न सक्दैन् । पछिल्लो घटनाका सम्बन्धमा पनि हाम्रो ध्यानाकर्षण भएको छ । यसलाई हामी छिट्टै समाधान गर्छाै ।

 रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया