लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालीले फर्केर हेर्न समेत पाउँदैनन् : पूर्वसचिव ढुङगेल

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २४, २०७६ | काठमाडौं

The Headliners | Journalist Anil | 10 November 2019 | 24 Kartik 2076

पूर्वसचिव एवं दार्चुलाका पूर्वप्रमुख जिल्ला अधिकारी डा द्धारिकानाथ ढुङ्गेलले सामारिक महत्वको दार्चुलामा भारतले सन १९५२ देखि नै आँखा गाढेको बताउनुभएको छ । धार्मिक हिसावले समेत ऐतिहासिक क्षेत्र कालापानी, लिपुलेक र लिम्पियाधुरा जस्ता नेपाली भूमिलाई भारतले निरन्तर अतिक्रमण गर्दा समेत हाम्रो सरकारको ध्यान जान नसकेको उहाँको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै उहाँले लिपुलेक, कालापानी र लिम्पियाधुरामा नेपालीले फर्केर हेर्न समेत नपाउने गरेको गुनासो गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया