डा. केसीलाई जर्बजस्ती काठमाडौं लैजान खोजेपछि डडेल्धुरामा तनाब  

कार्तिक २५, २०७६ | डडेल्धुरा

प्रा. डा. गोविन्द केसीलाई जबरजस्ती काडमाडौं लैजान खोजेपछि डडेल्धुरामा स्थिति तनावग्रस्त भएको छ । १७ औं अनशन बसेको आठौं दिनमा डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै जबरजस्ती हेलेकप्टरबाट काठमाडौं लैजान खोजेपछि डडेल्धुरा तनाब ग्रस्त बनेको हो । ८ दिनदेखि डडेल्धुरामा अनशनरत डा.केसीलाई अनशनस्थलबाट स्थानान्तरण गराउन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ ।

डडेल्धुरा अस्पतालले विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उनलाई अनशनस्थल छोड्न ब्यापक सुरक्षाकर्मी परिचालन गरिएको हो । सोमबार बिहानैदेखि अस्पतालमा पुगेर केसीलाई अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मी दबाब दिईएपनि डा. केसीले डडेल्धुरा नछोड्ने अडान लिएका छन् । 

केसीका समर्थकले पनि उनलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । अहिले डडेल्धुरा बजार क्षेत्रमा पनि प्रदर्शन भईरहेको छ । बजार क्षेत्रमा डाक्टर केसीको समर्थनमा बजार क्षेत्रमा प्रदर्शन भईरहेको छ भने बजार पनि बन्द गरिएको छ ।

स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका हुन् । चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक भएको छ । डडेल्धुरा अस्पतालले केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भनी सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ । 

‘डडेल्धुरा अस्पताल रोडको एउटा कोठामा अनशन बसेका डा.केसीको स्वास्थ्यमा समस्या देखिन सुरु भएको छ’ डडेलधुरा अस्पतालका प्रमुख डा जितेन्द्र काडेलले भन्नुभयो, ‘हिजो र अस्तीको तुलनामा उनको स्वास्थ्य स्थिति निकै कमजोर भएको छ ।’

चिसोले डा. केसीको स्वास्थ्य झन प्रतिकूल हुन सक्ने पनि उहाँले बताउनुभयो । डा. केसीले डडेल्धुरा अस्पताल नजिक १८ गतेबाट अनशन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या आएपछि उहाँलाई अस्पताल भर्ना गरिएको छ । 


प्रतिक्रिया