विद्युत चोर्ने ३० जना पक्राउ

कार्तिक २५, २०७६ | सिमरा

हुकिङ्ग गरी विद्युत चोरी गर्ने ३० जनालाई सिरहाबाट प्रहरीले पक्राउ गरेको छ । विद्युत चुहावट नियन्त्रण टोलीले जिल्लाको विश्रामपुर र फेटा गाउँपालिकाबाट विद्युत चोर्ने ३० जनालाई आज पक्राउ गरेको हो ।

नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र, जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरी बल १२ नम्बर गणबाट संयुक्त रुपमा खटिएको टोलीले फेटा गाउँपालिकाको वडा नम्बर ३, ४ र विश्रामपुर गाउँपालिकाको वडा नम्बर १, २ को बतरा, बरैनिय लगायतका गाउँबाट गरी ३० जनालाई पक्राउ गरेको हो ।

विद्युत चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक विकाशराज खनालले बताउनुभयो । पक्राउ परेका सबैलाई विद्युत ऐन नियम अनुसार कानूनी कारवाही गरिने प्रहरीले जनाएको छ । 


प्रतिक्रिया