नेप्सेमा करीब ५५ करोड रुपैयाँ बराबरको कारोबार

कार्तिक २५, २०७६ | काठमाडौं

धितोपत्र बजारमा आज करीब ५५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । केही दिनदेखि निरन्तर गिरावट आएको धितोपत्र बजारमा आज दोहोरो अंकले सुधार देखिएसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको हो ।

नेप्सेमा आज ५४ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बजार परिसूचक नेप्से आज १३ दशमलव ७७ अंकले बढेर १ हजार १ सय ४५ दशमलव ५७ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलानमा कारोबार रकममा २५ करोड रुपैयाँले वृद्धि भएको छ । नेप्सेमा हिजो २९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । 

कारोबार भएका नेपाल टेलिकम बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेसँगै समग्र बजारमा सुधार देखिएको हो । आज सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ७९ दशमलव २ अंकले बढेको छ ।

निर्जीवन बीमाको ६७ दशमलव ५३, उत्पादन मूलक समूहको ५५ दशमलव ७१ र होटल समूहको उपसूचक ३१ दशमलव ९३ अंकले बढेको छ ।

नेप्सेमा आज कुल ७५ कम्पनीका ६ हजार ६ सय ४८ कारोबारबाट १९ लाख ९५ हजार ४८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज एनएमबी बैंकको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया