बंगलादेशका राष्ट्रपति नेपाल आउँदै, सम्पर्क सञ्जाल व्यापार र पर्यटनमा समझदारी बन्ने

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चार दिने औपचारिक भ्रमणका लागि आज नेपाल  आउँदै हुनुहुन्छ । राष्ट्रपति विद्यादेवि भण्डारीको निमन्त्रणमा हमिद नेपाल आउन लाग्नुभएको हो । उहाँ अपरान्ह पौने १ बजे त्रिभुवन विमानस्थल आउनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयलका अनुसार आज दिउसो ३ बजे राष्ट्रपति हमिद र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिच होटल म्यारीअटमा भेटवार्ता हुनेछ । हामिले राष्ट्रपति विद्यादेवि भण्डारीसँग भोलि अपरान्ह् भेटवार्ता गर्नुहुनेछ । हमिदले आजै भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुहुनेछ ।

सम्पर्क सञ्जाल व्यापार र पर्यटनमा समझदारी बन्ने

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमीको नेपाल भ्रमणका क्रममा दुईदेशीय सम्पर्क सञ्जाल, व्यापार र पर्यटनका प्रमुख विषयमा समझदारी हुने भएको छ । यद्यपी औपचारिक सम्झौता अथवा हस्ताक्षर गर्नै तहमा भने केही निर्णय नहुने परराष्ट्र स्रोतले  जनाएको छ ।

बंगलादेशसँग नेपालको व्यापार घाटामा रहेकाले दुई देशबीच व्यापार वृद्धि प्राथमिकतामा राखिएको छ । बंगलादेशसँग यसअघि भएका सामान्य तहका समझदारी र सहमति कार्यान्वयनमा आउन नसकेकाले ती विषयहहरुले उठाइने मन्त्रालयले जनाएको छ ।

विगतमा रहेको सडक सम्पर्क सञ्जालको भुटान, बंगलादेश, इन्डिया र नेपाल बीबीआईएन संयन्त्रबाट भुटान बाहिरिएपछि अब त्रिदेशीय बीआईएन सडक सम्पर्क सञ्जाललाई अघि बढाउन छलफल हुने बंगलादेशका लागि नेपाली राजदुत वंशीधर मिश्रले कान्तिपुरलाई बताउनुभयो ।

 


प्रतिक्रिया