कांग्रेस प्रदेश ३ को भेला हेटौडामा 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

- नेपाली कांग्रेस प्रदेश ३ को दुई दिने भेला तथा प्रशिक्षण प्रदेश राजधानी हेटौडामा आजदेखि सुरु हुँदै छ । भेलाको उद्घाटन सभापति शेरबहादुर देउवाले बिहान ११ बजे गर्नु हुने छ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा हुने भेलामा समसामयिक विषयमा छलफल हुने मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

भेलामा सभापति देउवासंगै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताले सम्बोधन गर्नुहुने छ । प्रशिक्षणमा ६ जिल्ला मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका गरि २ सय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुको सहभागिता रहने छ ।

भेलामा उपनिर्वाचनलाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्नेबारेमापनि छलफल हुने मकवानपुर सभापति बानियाँले बताउँनुभयो । कांग्रेसले यसअघि नै उपनिर्वाचनमा सबैलाई सहयोग गर्न निर्देशन दिइसकेको छ ।  

 


प्रतिक्रिया