इरानले सम्झौता विपरित यूरेनियम भण्डारण गरेको राष्ट्रसंघले आरोप

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

- इरानले शक्ति राष्ट्रहरुसँगको सम्झौता विपरित यूरेनियम भण्डारण गरेको संयुक्त राष्ट्रसंघले आरोप लगाएको छ । कम प्रर्वद्धित युरेनियम भण्डारणसम्बन्धी शक्ति राष्ट्रहरूसँग सन् २०१५ मा भएको  सम्झौता तेहरानले उल्लङ्घन गरेको राष्ट्रसंघीय आणविक निगरानी संस्थाको भनाई छ । संयुक्त राष्ट्रयसंघका भिटो पावर राष्ट्रहरु अमेरिका, बेलायत, फ्रान्स, रुस र चीन सहित जर्मनीसँग इरानले सन् २०१५ मा आणविक सम्झौता गरेको थियो ।

 तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष  एकपक्षीय रुपमा आणविक सम्झौता खारेज गरेर नयाँ नाकाबन्दीको घोषणा गरिदिएपछि इरानले एक पछि अर्को गर्दै आणविक क्रियाकलापलाई निरन्तरता दिइरहेको जनाइएको छ । इरानले आफूमाथि लगाइएका प्रतिबन्धलाई हटाए यस सम्बन्धमा सोच्न सकिने प्रतिक्रिया दिएपछि उसको यो कदमप्रति शक्ति राष्ट्रहरुले असन्तुष्टी जनाएका छन् । 


प्रतिक्रिया