लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नै सीमा मानेर नक्सा तयार गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६ | काठमाडौं

प्रमुख राष्ट्रिय समाचार

* लिम्पियाधुराबाट बग्ने कालीनदीको मुहानलाई नै सीमा मानेर नक्सा तयार गर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन, चीन  र भारतसंग सीमा सिमाना जोडीएका ६३ स्थानमा सशस्त्र प्रहरीबल राख्ने तयारी

* निजी मेडिकल कलेजले विद्यार्थी र अभिभावकबाट ४ वर्षमा करिव ३ अर्व रुपैयाँ ठगी गरिेको राष्ट्रिय सर्तकता केन्द्रको ठहर, सञ्चालक र तिनका नातेदारको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्धिकरण विभागलाई सिफारिस

* बंगलादेशका राष्ट्रपति हमिद ४ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउनुहुँदै, हवाई सञ्जाल विस्तार र व्यापार घाटा कम गर्ने विषय प्राथमिकतामा

* भिषणा डढेलोका कारण अष्ट्रेलियाको न्यु साउथ वेल्स र क्वीन्सल्याण्डमा संकटकाल घोषणा, सिड्नीको उत्तरी र दक्षिणी क्षेत्रका बासिन्दालाई पनि सर्तक रहन आग्रह

* बंगलादेशमा जारी एसियन सेन्ट्रल जोन  सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालको लगातार दोस्रो जित, आज बंगलादेशसंग भिड्दै


प्रतिक्रिया