महाराष्ट्रमा राष्ट्रपति शासन

कार्तिक २६, २०७६

भारतको महाराष्ट्र राज्यमा राष्ट्रपति शासन लागू भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले महाराष्ट्रमा राष्ट्रपति शासनका लागि गरिएको सिफारिसलाई अनुमोदन गर्नुभएको हो ।

संविधानबमोजिम महाराष्ट्रमा सरकार गठन हुन नसकेपछि राज्यपाल भगत सिंह कोशियारीले राष्ट्रपति शासन लागू गर्न केन्द्र सरकार समक्ष सिफारिस गर्नुभएको थियो । त्यसलगत्तै बसेको केन्द्रीय मन्त्रिपरिषद बैठकले महाराष्ट्रमा राष्ट्रपति शासन लागू गर्न राष्ट्रपति कोविन्दलाई सिफारिस गरेको थियो ।

कोविन्दले संविधानको धारा ३ सय ५६ बमोजिम ६ महिनाका लागि राष्ट्रपति शासन लागू गर्नुभएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । राष्ट्रपति शासन लागू भएलगत्तै महाराष्ट्रको विधानसभा निलम्बन भएको छ । 

२ सय ८८ सदस्यीय विधान सभामा कुनै पनि दलले बहुमत प्राप्त गरेका छैनन् । दलहरुले गठबन्धन सरकार समेत निर्माण गर्न नसकेपछि राष्ट्रपति शासन लागू भएको हो । शिव सेना दलले भने सरकार गठनका लागि पर्याप्त समय प्रदान नगरिएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ । 


प्रतिक्रिया