नेपाल र भारतबीच प्रतिस्पर्धा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २७, २०७६

- अण्डर १९ च्यालेन्जर्स एकदिवसीय क्रिकेट अन्तर्गत नेपालले दोस्रो खेलमा आज भारतको ए टिमसँग प्रतिस्पर्धा गर्दैछ । भारतको हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बिहान सवा ९ बजे सुरु हुनेछ ।

सुरुवात खेल गुमाएका दुवै टिमलाई खेलमा फर्कन जित आवश्यक छ । पहिलो खेलमा भारतको ए टिम बी टिमसँग पराजित भएको थियो । अर्कोतर्फ नेपाल भने भारतको सी टिमसँग फराकिलो अन्तरले हार्न पुग्यो ।

नेपालले प्रस्तुत गरेको १ सय १५ रनको लक्ष्य सी टिमले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालका कुशल मल्लले बनाएको २६ रन टोलीको सर्वाधिक कोर रहेको थियो । भारतले आयोजना गरेको सिरिजमा नेपाल सहित भारतको ए, बी र सी टिमले प्रतिस्पर्धा गरिरहेका छन् । शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

 


प्रतिक्रिया