नेप्से ४ अंकले घट्यो, २७ करोडको कारोबार

कार्तिक २७, २०७६ | काठमाडौं

बजार परिसूचक नेप्सेसँगै कारोबार रकममा पनि आज गिरावट आएको छ । नेप्से आज ४ दशमलव ८ अंकले घटेर १ हजार १ सय ३५ दशमलव १६ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा १० करोड रुपैयाँ कमी आएको छ ।

नेप्सेमा हिजो ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका व्यापार, वित्त र नेपाल टेलिकम बाहेक बाँकी सबै कम्पनी समूहका उपसूचकमा गिरावट आउँदा समग्र बजार नै प्रभावित बन्यो । सबैभन्दा बढी जीवन बीमा कम्पनी समूहको उपसूचक ४० दशमलव ६४ अंकले घटेको छ । 

नेप्सेमा आज कुल १ सय ५४ कम्पनीका ४ हजार १ सय २७ कारोबारबाट ९ लाख ८ हजार ३ सय ६३ कित्ता सेयर किनबेच भए । जसअन्तर्गत, २७ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेमा आज एनएमबी बैंक लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । 


प्रतिक्रिया