नेप्सेमा सामान्य सुधार, कारोबार घट्यो

कार्तिक २८, २०७६ | काठमाडौं

शेयर कारोबार हुने साताको अन्तिम दिन धितोपत्र बजारमा सामान्य सुधार देखिएको छ । बजार परिसूचक नेप्से आज शुन्य दशमलव ७९ अंकले बढेर १ हजार १ सय ३५ दशमलव ९५ बिन्दुमा पुगेको छ ।

नेप्सेमा सुधार देखिएपनि कारोबार रकममा अघिल्लो दिनको तुलनामा ५ करोड रुपैयाँले कमी आएको छ । नेप्सेमा हिजो २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कारोबार भएका होटल, विकास बैंक, नेपाल टेलिमल र लघुवित्त बाहेक बाँकी सबै कम्पनी समूहको उपसूचक उकालो लागेको छ । 

सबैभन्दा बढी व्यापार कम्पनी समूहको उपसूचक २२ दशमलव ४४ अंकले बढेको छ । नेप्सेमा आज कुल १ सय ६३ कम्पनीका ४ हजार ५ सय १९ कारोबारबाट ८ लाख ३३ हजार ८ सय ८१ कित्ता शेयर किनबेच भए । जसअन्तर्गत, २२ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 


प्रतिक्रिया