एम्बुलेन्स र मोटरसाइकल ठोक्किंदा चार घाइते

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | गोरखा

गोरखा नगरपालिका–१ पन्ध्र किलोमा बिहीबार साझ एम्बुलेन्स र मोटरसाइकल ठोक्किंदा चार घाइते भएका छन् । दुई जनाको अवस्था गभ्भीर छ ।

आबुखैरेनीबाट गोरखा बजार तर्फ आउँदै गरेको ग १ च ९८८५ नम्बरको एम्बुलेन्स र विपरीत दिशामा रहेको वा ७६ प ६९११ र बा ६७ प ८७९६ नम्बरको मोटरसाइकल ठोक्किंएर दुर्घटना भएको ट्राफिक प्रहरी टिका शर्माले बताउनुभयो ।

दुर्घटनामा परि पालुङटार नगरपालिका–१ खोप्लाङका इन्द्र कुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ र सुसिल श्रेष्ठ घाइते भएका छन् । राजेन्द्र र राजकुमारको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ । मोटरसाइकल र एम्वलेन्स दुवै तीब्र गतिमा रहेकाले दुर्घटना भएको प्रहरीको अनुमान छ । 


प्रतिक्रिया