समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

- समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा संघीय परिषद्को विस्तारित बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनलाई कार्यान्वयनमा लैजाने विषयमा केन्द्रीय समितिले निर्णय गर्ने वरिष्ठ नेता अशोक राईले जानकारी   दिनुभयो । भोलिसम्म चल्ने बैठकमा राजपासँगको एकताका बारेमा केन्द्रीय सदस्यहरुले आआफ्नो धारणा राख्ने वरिष्ठ नेता राईले बताउनुभयो ।

पार्टी एकताका लागि राजपाले सरकार छोड्नु पर्ने अडान लिएपछि समाजवादी भित्र मत विभाजित भएको छ । समाजवादीले तत्काल सरकार नछोडी संविधान संशोधन तथा जनताको आवश्यकतालाई मुद्दा बनाएर अघि बढ्ने तयारी गरेको छ । राजपाले एकता लागि सरकारबाट बर्हिगमनको माग अघि सारेको छ । केन्द्रीय समिति बैठकमा स्थानीय तहको उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने वरिष्ठ नेता राईले बताउनुभयो ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएपछि पहिलो पटक बसेको संघीय परिषद्को बैठकले पार्टीको भावी कार्ययोजाना, पार्टी सिद्धान्त, नीति, घोषणापत्र, विधान र नियमावली लगायतका विषयमा सहमति जनाएसँगै केन्द्रीय समिती बैठकले कार्यान्वयनका लागि निर्णय गर्ने छ ।

 


प्रतिक्रिया