बंगलादेशका राष्ट्रपति स्वदेश फर्कदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

- बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको ४ दिने सद्भावना भ्रमण सकेर आज स्वदेश फर्कदै हुनुहुन्छ । आज साँझ ५ बजे हमिद सहितको बंगलादेशी टोली ढाका जानेछ । नेपाल भ्रमणका क्रममा राष्ट्रपति हमिदले राष्ट्रपति विद्या भण्डारी सहितका उच्चस्तरीय भेटघाट गर्नुभयो ।

हिजो पोखरा पुग्नुभएका राष्ट्रपतिले अस्ती भक्तपुर दरबार स्वायरको समेत भ्रमण गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले बंगलादेशी समकक्षीलाई विमानस्थल पुगेर विदा गर्ने तालिका रहेको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिद र नेपाली पक्षबीच द्विपक्षीय सम्बन्ध, उर्जा, लगानी, पर्यटन, कृषि, शिक्षा, पारवहन सहुलियतका विषयमा छलफल भएको छ ।

 


प्रतिक्रिया