प्राचिन शहर भेनिसमा पानीको कहर 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

- इटालीको प्राचिन शहर भेनिसमा सामुन्द्रिक छालका कारण जनजीवन प्रभावित बनेपछि स्थानीय प्रशासनले संकटकालको घोषणा गरेको छ । विश्वकै प्रख्यात पर्यटकीय सहर भेनिसमा गत मंगलबार रातीदेखि नै भीषण वर्षा भएपछि पानीको सतह बढेको हो ।

स्थानीय अधिकारीका अनुसार समुद्री छाल ५ दशकयताकै ठूलो हो । छाल अनुमगन निकायका अनुसार भेनिसमा जमिनको सतहभन्दा करिब ६ फिटमाथिसम्म पानी जम्मा भएको हो । स्थानीय प्रशासनल्े तत्काल राहतका  आपतकालिन कोषको व्यवस्था मिलाइएको जनाएको छ ।

अग्निनियन्त्रण निकायले २ सय ५० भन्दा बढी स्थानमा डुंगा तयारी अवस्थामा राखिएको जनाएको छ । इटालीको उत्तर–पूर्वी तटमा रहेको भेनिस सय वटा विभिन्न टापुले बनेको शहर हो । भेनिसमा सन् १९२३ देखि पानीको छाल मापन गर्न थालिएको हो । त्यसयताको यो दोस्रो ठूलो छाल हो । सन् १९६६ मा सहरमा पानीको छाल १ दशमलव ९४ मिटरसम्म पुगेको थियो ।


प्रतिक्रिया