बी एण्ड आर कप क्रिकेटमा नेपालको दोस्रो हार, मलेसियासँग ५ विकेटले पराजित   

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

- चीनको संघाईमा जारी बी एण्ड आर कप क्रिकेट प्रतियोगीताको चौथो खेलमा नेपाली अण्डर १९ महिला टोली पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाली टोली मलेसीयासंग ५ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय १५ रनको चुनौती मलेसीयाले अन्तिम बलमा ५ विकेट गुमाएर भेट्टायो ।

यास्मीन जुल्कीफिले अबिजित ५८ रन बनाउदै मलेसियालाई जित दिलाइन् । दानुश्री श्रीमुहुनानले १३ र सानिया अनिशाले १० रनको योगदान दिईन् । नेपालकी कबिता कुँवर, लक्ष्मी साउद, कृतिका मरासीनी र ईश्वरी बिष्टले समान एक विकेट लिईन् ।

 

यसअघि संघाई क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १ सय १४ रनको मध्यम योगफल तयार पारेको थियो । नेपालका लागि राजमती ऐरीले सर्बाधिक ३७ रन बनाईन् । कविता कुवँर र लक्ष्मी साउदले समान १९ रन बनाएको ईनिङसमा कप्तान डोली भट्टले अबिजित ६ रन जोडिन् । 

यो संगै प्रतियोगीताको सुखद अन्त्य गर्ने नेपालको लक्ष्य पनि चकनाचुर भएको छ । पहिलो खेलमा थाईल्याण्डसँग २९ रनले पराजित भएको नेपालले त्यसपछिका दुबै खेलमा जित हात पारेको थियो । 

 


प्रतिक्रिया