समाजवादिलाई सरकार छाड्न समस्या परेको हैन : अशोक राई

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

The Headliners | Journalist Prakash | 15 November 2019 | 29 kartik 2076

समाजवादि पार्टीका बरिष्ठ नेता अशोक राईले तत्काल सरकारबाट नबाहिरिने निर्णयले राजपासंगको एकता पक्रियामा कुनै असर नगर्ने बताउनुभएको छ । पार्टीले लिएको मध्यमार्गी बाटोले पार्टी भित्रको अन्तसंर्घषलाई तत्कालका लागि निकास दिएपनि यो लामो समय नजाने उहाँको भनाई थियो । रेडियो कान्तिपुरसंग आज बिहान कुराकानी गर्दै बरिष्ठ नेता राईले सरकार छाड्न आफ्नो पार्टीलाई कुनै समस्या नपरेको उल्लेख गर्नुभयो । सरकार नेतृत्वकर्ता नेकपालाई अन्तिम मौका दिएर पार्टीले यो निर्णय लिएको बताउदै उहाँले केहि समयमा पनि सरकारबाट आफुहरुको मुद्धामा चासो नदेखाए सहज रुपमा बाहिरिने उल्लेख गर्नुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया