नक्कली सुन सहित हेटौंडाबाट दुई पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | मकवानपुर

नक्कली सुनसहित मकवानपुर प्रहरीले हेटौंडाबाट दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गरी यस बारेमा जानकारी गराएको हो ।

नक्कली सुन सहित पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–३ का ४७ वर्षीय ध्याल सिंह शेर्पा र मोटरसाइकल पछाडि सवार मकवानपुर राक्सिराङ् गाउँपालिका–४ का अभयकुमार थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१, चौकीटोलमा भैसेंबाट हेटौंडातर्फ आउँदै गरेको बा ९३ प ९०६ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शेर्पाको साथबाट नक्कली सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई ठगी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


प्रतिक्रिया