नेपाली महिला भलिबल टोलीलाई राखेपले जनही ३ लाख रुपैयाँले दिने

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २९, २०७६ | काठमाडौं

ऐतिहासिक पदक जित्ने महिला भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषदले जनही ३ लाख रुपैयाँले पुरस्कृत गर्ने भएको छ ।

बंगलादेशमा हिजो सम्पन्न एभीसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै राखेप सदस्य सचिव रमेशकुमार सिलवालले यस्तो घोषणा गर्नु भएको हो । 

टोलीले जितेको ऐतिहासिक पदकलाई सम्मान गर्न सरकार समक्ष प्रस्ताव लगिने सिलवालले बताउनुभयो । सेन्ट्रल जोन विजेता टोलीमा १२ खेलाडी, ३ प्रशिक्षक र १ व्यवस्थापक छन् । नेपालले ५ राष्ट्र सम्मिलित प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको थियो । प्रतियोगिताभर नेपालले खेलेको सबै सेट आफ्नो पक्षमा पारेको थियो ।  

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, कमला पुन, रेश्मा भण्डारी, उषा विष्ट, सलिना श्रेष्ठ, सुनिता खड्का, निरुता ठगुन्ना, पुनम चन्द, सफिया पुन र जानकी भण्डारीछन् । टोलीको मुख्य प्रशिक्षक जगदीश भट्ट र प्रशिक्षकहरुमा सलिना श्रेष्ठ र भरत यादव छन् । 


प्रतिक्रिया