हङकङको अर्थतन्त्र कमजोर बन्दै

कार्तिक २९, २०७६

हङकङमा सरकार विरोधी प्रदर्शन चर्किदै गएका बेला अर्थतन्त्रमा ठूलो धक्का लागेको छ । चालू आर्थिक वर्षको तेश्रो त्रैमासिकको आर्थिक वृद्धिदर एक दशकयताकै न्यून भएको हङकङ सरकारले जनाएको छ ।

सरकार विरुद्धको लामो समययताको प्रदर्शन तथा अमेरिका र चीनबीच जारी व्यापार युद्धका कारण हङकङमा आर्थिक मन्दी छाएको सरकारी अधिकारीलाई उदृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

गत जुलाईदेखि सेप्टेम्बरसम्म आर्थिक वृद्धिदर ३ दशमलव २ प्रतिशत भएको सरकारी तथ्यांकले देखाएको छ । यो सन् २००८/९ मा विश्वमा छाएको आर्थिक मन्दीयताकै कम हो । हङकङमा प्रदर्शन सुरु भएयता पर्यटक आगमनमा उल्लेख्य कमी आएको छ भने, व्यापार व्यवसाय पनि खस्किएको छ । 


प्रतिक्रिया