चीनको डम्पिङ साईट २५ वर्ष अगाडि नै भरियो

कार्तिक २९, २०७६

चीनको सबैभन्दा ठूलो डम्पिङ साईट लक्ष्य राखिएको भन्दा २५ वर्ष अगावै भरिएको छ । सन् १९९४ मा निर्माण भएको सान्छी प्रान्तस्थित जियाङ–कुङ्गौ डम्पिङ साईट २०४४ को अन्त्य सम्ममा भरिने अनुमान गरिएको थियो ।

तर, यो वर्ष नै भरिएपछि नयाँ प्लान्ट स्थापना गरिएको छ । १ सय वटा फुटबल रङ्गाशाला आर्थात ७ लाख वर्ग मिटर क्षेत्रफलमा फैलिएको र १ सय ५० मिटर गहिराई भएको सो डम्पिङ साईटमा दैनिक २ हजार ५ सय टन फोहोर फ्याक्ने गरी निर्माण भएको थियो ।

तर, दैनिक १० हजार टन फोहोर बिसर्जन हुन थालेपछि चाँडै भरिएको चिनियाँ अधकारीहरुले जनाएका छन् । चीन विश्वमै बढी प्रदुषण उत्पादन गर्ने मुलुकमध्ये एक हो । 


प्रतिक्रिया