यो साता सुनको मूल्य ८ सयले बढ्यो

कार्तिक २९, २०७६ | काठमाडौं

यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ । साताभर उतारचढाव आएको सुन अन्तिम दिन आज प्रतितोला ७१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । गत आइतबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

दुई दिन स्थिर रहेको सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर गत बुधबार ७१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, हिजो एकै दिन सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

सुनसँगै चाँदीको मूल्यमा पनि यो साता प्रतितोला १५ रुपैयाँले बढेको छ । गत आइतबार प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी अन्तिम दिन आज ८ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


प्रतिक्रिया