आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | काठमाडौं

- निर्वाचन आयोगले स्थानीय तहको उप निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन गर्दैछ । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तरगत स्थानीय तहका लागि ३५ जिल्लाका ४४ स्थानीय तहमा ४८ पदमा  उम्मेदवारी परेको छ । आज बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म उम्मेदवारले   नाम फिर्तालिन चाहे उम्मेदवारीको फिर्ताकालागि समय निर्धारण गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

 

आयोगले साँझ ५ बजे स्थानीय तहको उपनिर्वाचनकालागि उम्मेदवारको अन्तिम नामवलि प्रकाशन गर्ने छ । आयोगले भोली  मंसिर १ गते स्थानीय तहका उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्नेछ । २ सय ८१ जनाको मनोनयन दर्ता भएकोमा २ जनाविरुद्ध उजुरी परेको र त्यस उपर आयोगले  छानविन गरेर मनोनयन दर्ता सदर गरिएको आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभया

 


प्रतिक्रिया