श्रीलंकामा राष्ट्रपतिय निर्वाचन

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | काठमाडौं

- श्रीलंकामा आज राष्ट्रपतिय निर्वाचन हुंँदैछ । निर्वाचनमा ३५ जनाले उम्मेदवारी दिएका छन् । वर्तमान राष्ट्रपति मैत्रिपाला सिरिसेनाले भने उम्मेदवारी दिनुभएको छैन । सात महिना अघि भएको श्रृंखलाबद्ध बम विष्फोटको घटनापछि चर्को आलोचना खेपेका राष्ट्रपति  सिरिसेनाले निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गर्नुभएको हो ।

निर्वाचनमा पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाई गोताभय राजपाक्षे र सजिथ प्रेमदासालाई मुख्य उम्मेदवारका रुपमा हेरिएको छ । श्रीलंकामा १ करोड ६० लाख मतदाताले मतदान गर्ने बीबीसीले उल्लेख गरेको  छ । एक चरणमा हुने निर्वाचनमा मतदाताले आफ्ना तिन रोजाईका उम्मेदवार छान्न सक्छन् ।

कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढि पहिलो रोजाईको मत जित्न नसके दोश्रो रोजाईको मत अनुसार अन्तिम नतिजा प्रकाशन गर्ने श्रीलंकाली निर्वाचन कानून छ । 


प्रतिक्रिया