शहिद लखन गाउँपालिकामा आइतबार सार्वजनिक बिदा

कार्तिक ३०, २०७६ | गोरखा

गुठी पञ्चमी पर्वको अवसरमा गोरखाको शहिद लखन गाउँपालिकाले मंसिर १ गते (आइतबार) सार्वजनिक बिदा दिएको छ । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गुठी पञ्चमी पर्वमा हुने विशेष पूजालाई लक्षित गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिकाको प्रशासन शाखाका कर्मचारी लालप्रसाद भट्टराइले बताउनुभयो ।

आइतबार सो गाउँपालिकाको विद्यालय, गाउँपालिका, वडा र सरकारी कार्यालय वन्द रहने गाउपालिकाले जनाएको छ । परम्परादेखि गुठी पन्चमीममा मनकामनामा विशेष पूजा हुने गरेको उहाँले बताउनुभयो ।

गाउँपालिका भरीका सबैलाई सहभागीता हुन सजिलो होस् भनेर बिदा दिएको उहाँको भनाइ छ । गाउँ कार्यपालिका बैठकबाट निर्णय गराइ बिदा दिइएको गाउँपालिकाले जनाएको छ । 

तत्कालीन राजा पृथ्वीनारायण शाहले मनकामना गुठी स्थापना गरेपछि सो पर्व सुरु भएको बताइन्छ । पन्चमीका दिन मन्दिरमा तान्त्रीक विधिपूर्वक पूजा हुने प्रचलन छ, भने आसपासका स्थानीयले फूलको डोलि मनकामना लाने गर्छन् ।


प्रतिक्रिया