दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट ५ थान एसएमजी राईफल बरामद 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | काठमाडौं

दाङ र कपिलवस्तुको सीमा क्षेत्रबाट प्रहरीले अत्याधुनिक हतियार एसएमजी राईफल फेला पारेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार ५ थान एसएमजी राईफल, १३ थान म्यागजिन र ३ सय ९० राउण्ड गोली फेला परेको हो ।

बरामद हतियार प्रतिबन्धित नेत्रविक्रम चन्द समूहको हुन सक्ने आशंका प्रहरीको छ । एसपी जनक भट्टराईले दाङको गढवा गाउँपालिका र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका सीमास्थित खाली गोठबाट सुटकेश भित्र लुकाई राखिएको अवस्थामा हतियार फेला परेको बताउनुभयो ।  

यसैबीच, दाङको शान्तिनगर गाउँपालिका–१ पटेरीखोलाबाट प्रतिबन्धित चन्द समूहका नेता पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश बुढा मगर छन् ।

उनलाई इलाका प्रहरी कार्यालय तुल्सीपुरको हिरासतमा राखिएको छ । ३० वर्षीय मगर प्रतिबन्धित चन्द समूहका सेक्सन अध्यक्ष रहेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी विनोदविक्रम शाहले जानकारी दिनुभयो । 


प्रतिक्रिया