काठमाडौं र कास्कीबाट २१ जना जुवाडे पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३०, २०७६ | काठमाडौं

जुवातास खेलिरहेका २१ जना काठमाडौं र कास्कीबाट पक्राउ परेका छन् । काठमाडौंको मुलपानीस्थित एक घरमा कौडा खेलिरहेका सोनाम लामा समेत ६ जनालाई प्रहरीले २ लाख २० हजार ५ सय ९० रुपैयाँ सहित पक्राउ गरेको छ ।

यस्तै, पोखरा महानगरपालिका–९ शान्तिवनस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा देवीकुमारी सिजाली समेत १५ जनालाई प्रहरीले ७५ हजार ४ सय १५ रुपैयाँ सहित पक्राउ गरेको हो । 

 


प्रतिक्रिया