ट्रकको ठक्करबाट मोरङमा एकको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

मंसिर २, २०७६ | मोरङ

ट्रकको ठक्करबाट मोरङमा एक जनाको मृत्यु भएको छ । सुन्दर हरैंचा नगरपालिका ८ विराटचोका को १ ख २४११ नम्बर ट्रकले बा ३७ प ८७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक झापाको कन्काइका पेशल केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उता, झापाको मेचीनगर नगरपालिका ९ मा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । हात्तीबाट बाली जोगाउन लगाइएको तारमा छुँदा करेन्ट लागेर स्थानीय ५७ वर्षीया बुद्धिमाया तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 


प्रतिक्रिया