हराएको १९ दिनपछि मृत अवस्थामा भेटिए

मंसिर २, २०७६ | सल्यान

सल्यानको छत्रेस्वरी गाउँपालिका १ दमाचौरका ५६ वर्षीय लोकबहादुर चन्द मृत भेटिएका छन् । हराएको १९ दिन पछि उनी मृत अवस्थामा भेटिएका हुन् । कार्तिक ११ गते श्रीमतीलाई माईत छाडेर फर्केका उनी बाटोबाटै हराएका थिए ।

हराएका उनको शव पोखरी डाँडामा फेला परेको प्रहरीले जनाएको छ । माथि भिर जस्तो ठाँउ भएकोले खोल्सामा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायक उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो ।

उनको शव पोष्टमार्टमपछि परिवारको जिम्मा लगाएको र घटनाको विषयमा अनुसन्धान भईरहेको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया